मधेश प्रदेशका आठ उत्कृष्ट किसानलाई सम्मान

382
SHARES
503
VIEWS

बारा । मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका आठ जिल्लाका उत्कृष्ट किसानलाई नगदसहित सम्मान गरेको छ।

कृषि विकास निर्देशनालय नक्टाझिझ, धनुषाको आयोजनामा विश्व खाद्य दिवसको अवसरमा “स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो” भन्ने नाराका साथ शुक्रबार सम्पन्न कार्यक्रममा प्रत्येक जिल्लाबाट एक–एक जना गरी आठ किसानलाई नगद रु २५ हजार, दोसल्ला र सम्मानपत्रसहित ‘उत्कृष्ट किसान सम्मान’ प्रदान गरिएको हो।

सम्मानित किसानमध्ये बाराको जितपुरसिमरा–१८ बडहर्वाकी मकै किसान विनिता गौतम र पर्साको विन्दवासिनी–४, अमरपट्टीका च्याउ उत्पादक सुजितकुमार चौरसिया रहेका छन्।

त्यस्तै, सर्लाहीको वागमती नगरपालिका–११ का मौरीपालक मणिप्रसाद पाण्डे, धनुषाको मिथिला नगरपालिका–८ का तरकारी किसान छविलाल महतो, रौतहटको कटहरिया–५ का धान उत्पादक रामसिंह राय यादव, सिराह नगरपालिका–२ का खाद्यान्न तथा बीउ उत्पादक बलराम यादव, महोत्तरीको पिपरा गाउँपालिका–४ का दलहन किसान अरुण ठाकुर र सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–२ का महाविरप्रसाद चौधरी पनि सम्मानित भएका हुन्।

उत्कृष्ट किसानहरूलाई मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालले नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रमका वक्ताहरूले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र आत्मनिर्भर बनाउने लक्ष्यका लागि यस्ता सम्मानले किसानहरूमा उत्साह थप्ने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित