बारा । निजगढको बकैया छठघाटमा यस वर्षको छठ पर्व विशेष र रंगीन बनेको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउँदै भक्तजनहरूले ताल किनारमा आस्थाको उज्यालो फैलाएका छन् ।
पहिलोपटक डिभिजन वन कार्यालयद्वारा नव निर्मित तालमा गरिएको छठ यस वर्ष व्यवस्थित तयारी, सुरक्षा र सौन्दर्यसहित आयोजना गरिएको हो । बाँसको मण्डप, दीपबत्तीको झिलिमिली र गीत–भजनले भरिएको वातावरणले बकैया छठघाटलाई साँझको समयमा एकदमै मनमोहक बनाएको थियो ।
नगर प्रमुख सुरथ पुरीले रिबन काटेर औपचारिक उद्घाटन गरेका उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय निजगढका प्रमुख, सशस्त्र प्रहरी बेस क्याम्पका प्रमुख, विभिन्न राजनीतिक दलका नेता तथा संघ/संस्थाका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय थियो ।
स्थानीय महिला पुरुषहरू नदीजस्तै बग्ने श्रद्धा र विश्वासका साथ ताल किनारमा उभिएका थिए । बालबालिका, युवादेखि बृद्धसम्म सबैका अनुहारमा पर्वको उल्लास झल्किएको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि घाम अस्ताउनासाथ घाटमा घन्किएका गीत र ढोल–मादलको तालमा वातावरण झन् रमाइलो बन्दै गएको छ ।
यस वर्षको छठ नव निर्मित तालमा मनाइएकाले धेरैका लागि नयाँ अनुभव बनेको छ ।






















Discussion about this post