उमेश घलान/बारा । बाराको करैयामाई गाउँपालिका–७, पिपरामा “हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने नाराका साथ पहिलो कन्सर्ट एवं छठ पर्वको अवसरमा भव्य सांस्कृतिक कार्यक्रमको तयारी लगभग पूरा भएको छ ।
श्री छठी माई पूजा व्यवस्थापन समितिको आयोजनामा हुने उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको संयुक्त प्रस्तुति रहनेछ । छठ पर्वको उल्लासलाई थप मनोरञ्जनमय बनाउन आयोजना गरिएको यो कार्यक्रमले स्थानीय स्तरमा लुकेका प्रतिभालाई मञ्च प्रदान गर्ने आयोजकले जनाएका छन् ।
कार्यक्रममा Ancer जितेन कुमार र बिनिता चौधरी, निर्देशक हिरा चौधरी, निर्माता अजय कुमार, कोरियोग्राफर अस्बिन चौधरी लगायतका कलाकारहरूको उल्लेखनीय भूमिका रहनेछ ।
त्यस्तै, गायक आर्य चौधरी, राजन कुमार, बिनय राय थारु, हरीश चौधरी, मोडल स्वस्तिका चौधरी, सगुन चौधरी, सानिया चौधरी, डान्सर करिना चौधरी, राम चौधरी, र टिकटोक स्टार राज चौधरी र हसेन्द्र चौधरी लगायतका कलाकारहरूले मनोरञ्जनमय प्रस्तुति दिने भएका छन् ।
आयोजक समितिका अनुसार, यस कार्यक्रमले स्थानीय संस्कृति, लोकपरम्परा र युवा प्रतिभा बीच समन्वयको नयाँ सुरुवात गर्ने उद्देश्य लिएको छ । कार्यक्रम बराली प्रोडक्सनको सहयोग र शान्ती पोली क्लिनिक विरगंज पर्साको संयोजनमा सम्पन्न हुने बताइएको छ ।
छठ पर्वको पावन अवसरमा आयोजित यस प्रकारको कार्यक्रमले मधेसको सांस्कृतिक पहिचान, कला र परम्परालाई देशव्यापी रूपमा चिनाउने कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






















Discussion about this post