बकैया ठाकुर माविले गणित शिक्षकका लागि दरखास्त आह्वान

398
SHARES
524
VIEWS

बारा । निजगढ–८ स्थित श्री बकैया ठाकुर माध्यमिक विद्यालयले गणित विषयका शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । विद्यालयले शिक्षा र मानव स्रोत विकास केन्द्रअन्तर्गतको शिक्षण रिकार्ड सुधार अनुदान कोटामा पदपूर्तिका लागि योग्य उम्मेदवारहरूबाट आवेदन मागेको हो। ।

विद्यालयले दोस्रो पटक सूचना जारी गर्दै माध्यमिक तहमा एक पदका लागि करार शिक्षक नियुक्त गर्नुपर्ने जनाएको छ । पदका लागि स्नातक तह उत्तीर्ण (गणित विषय लिएको) वा सो सरह शैक्षिक योग्यता भएका उम्मेदवारले आवेदन दिन सक्ने व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

दरखास्त दिने अन्तिम मिति कार्तिक १२ गते तोकिएको छ । उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । चयन प्रक्रिया लिखित परीक्षा, अन्तरवार्ता र कक्षा अवलोकनको आधारमा हुने विद्यालयले जानकारी दिएको छ ।

दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ ।  उम्मेदवारले दरखास्तका साथ शैक्षिक योग्यता प्रमाणपत्र, नागरिकता प्रतिलिपि र स्थायी अध्यापन अनुमतिपत्रका प्रतिलिपि संलग्न गर्नुपर्नेछ । आवेदन विद्यालय प्रशासनमा बिहान १० देखि साँझ ४ बजेसम्म बुझाउन सकिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित