वन्यजन्तु  नियन्त्रण चुनौतीपूर्ण : वन अधिकृत साह

392
SHARES
516
VIEWS

रौतहट । मधेस प्रदेशमा रहेका जंगलमध्ये रौतहट र बारा प्रमुख वन क्षेत्रका रूपमा चिनिएका छन् । यिनै जिल्लामा पछिल्लो समय वन्यजन्तुको आवतजावत बढ्दै जाँदा स्थानीय समुदाय त्रसित बनेका थिए । रौतहट वन डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत हेमन्त साहका अनुसार वन्यजन्तु नियन्त्रण गर्नु अत्यन्त कठिन र चुनौतीपूर्ण कार्य भएको उनले बताए ।

उनले भने, “जंगली जनावरसँग प्रत्यक्ष लडाइँ गरेर समस्या समाधान हुँदैन । जनचेतना, सहकार्य र वन संरक्षणप्रति जिम्मेवारीबोध नै दीगो उपाय हो ।” उनका अनुसार तीन महिनासम्म हत्तीले रौतहट–बारा क्षेत्रका विभिन्न गाउँमा आतंक मच्चाउँदा कसैले नियन्त्रणमा लिन सकेको थिएन ।

गाउँघरको नजिक वन्यजन्तु देखिएमा तुरुन्त वन कार्यालयलाई जानकारी दिन उनले सर्वसाधारणलाई अनुरोध गरे । “वन्यजन्तु संरक्षणमा रौतहट र बारामा पछिल्ला वर्षमा उल्लेख्य प्रगति भएको छ,” उनले थपे ।

वन अधिकृतले यी कुरा ‘समुदायमा आधारित चोरी–शिकार नियन्त्रण युवा जागरण अभियान (CBAPU)’ र युवाहरूमुखी संरक्षण सम्बन्धी क्षमता अभिवृद्धि तालिममा बोल्दै यस्तो बताएका हुन् । उनका अनुसार स्थानीय युवाको सचेत सहभागिताले मात्रै वन्यजन्तु संरक्षणको प्रयास सफल बन्न सक्छ । कार्यक्रम दुई दिन सम्म संचालन हुने । आज शुक्रवार सुरु भएको कार्यक्रम शनिबार सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित