दिपेन्द्र जयसवाल/गंजभवानी । बाराको कोल्हबी नगर उद्योग वाणिज्य संघको निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचन अधिकृत केवल चौधरीको निगरानीमा सम्पन्न निर्वाचनमा ३ सय ५३ मतदाता मध्ये ३ सय ४१ मत खसेका थिए भने १२ मत बदर भएका थिए ।
अध्यक्ष पदमा रामप्रसाद प्रसाईंले १ सय २७ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मीप्रसाद कलवारले ८९, प्रमोद साह तेलीले ५४ र बिरेन्द्रप्रसाद चौधरीले २ मत पाए ।
उपाध्यक्ष (वाणिज्य) तर्फ प्रेम नारायण चौधरीले २ सय ५ मतसहित विजय हासिल गरे भने उनका प्रतिस्पर्धी प्रल्हाद साह तेलीले १ सय १२ र कैलाश साह तेलीले १८ मत प्राप्त गरे । उपाध्यक्ष (उद्योग) तर्फ भने बिनोद साह र रमेश बिस्वकर्माबीच बराबरी (१ सय २६/१ सय्ब२६) भएपछि गोलाप्रथाबाट बिनोद साह विजयी भए । धनी शंकर साहले ८१ मत पाए ।
महासचिव पदमा हरिओम कुमार साह १ सय ९१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी शम्भु साह कलवारले १ सय ४१ मत पाए । कोषाध्यक्षमा प्रेमकुमारी चौधरीले १ सय २९ मत प्राप्त गर्दै विजय हासिल गरिन् । उनका प्रतिस्पर्धी राजु लामा तामाङले १ सय २० र राजन कुमार जयसवालले ८२ मत पाए ।
सचिव पदमा बिरेन्द्र गुप्ता १ सय ६१ मतसहित निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी राजकुमार साहले ८४ र सुनिल कुमार साहले ८६ मत पाए । उद्योग सदस्य पदमा सुबास मैनालीले १ सय ६८ मतसहित विजय पाए भने उनका प्रतिस्पर्धी सुरेशकुमार दासले १ सय ५५ मत प्राप्त गरे ।
निर्वाचन अधिकृत केवल चौधरीले निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र पारदर्शी तरिकाले सम्पन्न भएको जानकारी दिएका छन् । नव-निर्वाचित नेतृत्वले उद्योग, व्यापारको प्रवर्द्धन, व्यवसायिक हित र संघको सशक्त व्यवस्थापनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।






















Discussion about this post