निजगढ । बाराको निजगढ शहीद चौक सोमबार बिहानैदेखि असाधारण चहलपहल देखियो । स्थानीय युवादेखि सुरक्षाकर्मी र समाजसेवीहरू रक्तदानका लागि लामबद्ध थिए । लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ सिटी र लायन्स क्लब अफ निजगढ युथको संयुक्त आयोजनामा गरिएको आपतकालीन रक्तदान कार्यक्रममा ११ महिलासहित १०३ जनाले रगतदान गरेको हो ।
कार्यक्रमका संयोजक खड्गराज मैनालीले देशभर भएको जेन-जी आन्दोलनका क्रममा घाइते हुनेहरूलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यले पहल गरिएको बताएको छ । उनका अनुसार, “रगतको बढ्दो मागलाई पूरा गर्न र जीवन जोगाउन स्थानीय स्तरमै यस्तो अभियान आवश्यक भएको हो ।”
लायन्स इन्टरनेशनल, जिल्ला ३२५ एच, एमडी ३२५ को सहजीकरणमा भएको कार्यक्रममा शस्त्र प्रहरीको समेत सक्रिय उपस्थिति रह्यो । आयोजक क्लबहरूले रक्तदानलाई केवल स्वास्थ्यप्रतिको जिम्मेवारी नभई मानवताप्रतिको उच्च सेवा भनेका छन् ।
दाताहरूले निजगढमा भएको यो रक्तदानले आन्दोलनमा घाइते भएका प्रदर्शनकारी र सुरक्षाकर्मीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।























Discussion about this post