विश्रामपुर गाउँपालिकाले जेन–जि आन्दोलनको क्रममा लुटपाट गरेको सामग्री फिर्ता दिन आग्रह

382
SHARES
503
VIEWS

बारा । बाराको बिश्रामपुर गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै आन्दोलनको दुरुपयोग गरी कार्यालयमा तोडफोड र लुटपाट भएका सामग्री फिर्ता दिन आग्रह गरेको छ । गाउँपालिकाका अनुसार भदौ २४ गते कार्यालयबाट कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचर लगायतका आवश्यक सामग्री चोरी भएको थियो । ‘लुटिएका सामानहरू नजिकको वडा कार्यालय वा प्रहरी चौकीमा बुझाइ सेवा सुचारु गर्न सहयोग गर्न अनुरोध गर्दछौं र अन्यथा कानुनी कारबाही गरिने गाउँपालिकाले जनाएको छ । त्यस्तै जेन–जि आन्दोलनको क्रममा मकवानपुर जिल्लामा सरकारी, सार्वजनिक र निजी संरचनामा व्यापक आगजनी, तोडफोड र लुटपाट भएको छ । आन्दोलनका क्रममा हेटौँडा उपमहानगरपालिका, गाउँपालिका कार्यालय र विभिन्न राजनीतिक तथा निजी सम्पत्तिमा क्षति पुगेको छन । यसैबीच मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–४ कर्राबाट लुटपाट गरिएको सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–४ बसोबास गर्ने २४ वर्षीय गणेश साह र २१ वर्षीय आर्य देउला रहेका छन् । स्थानीयवासीको सहयोगमा बरामद गरिएका सामग्रीमा दराज, टेबल, कुर्सी, कम्प्युटरलगायतका सामान रहेका छन् । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार लुटपाटमा संलग्न कसैलाई पनि छोडिने छैन ।

आन्दोलनको क्रममा हेटौँडामा रहेका सरकारी, सार्वजनिक तथा निजी संरचना जलेर ध्वस्त भएका छन् । हेटौँडा–१० मा प्रदेश सभा सचिवालय, बागमती प्रदेश भवन, आन्तरिक राजस्व कार्यालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, वडा कार्यालय र अन्य कार्यालयहरू समेत क्षतिग्रस्त भएका छन् । हेटौँडा–१ मा चार मन्त्रालय, योजना मन्त्रालय, लोक सेवा आयोग हेटौँडा कार्यालय, उच्च अदालत पाटन हेटौँडा इजलास, जिल्ला अदालत मकवानपुर, सरकारी वकिल कार्यालय, मुख्यमन्त्री र प्रदेश प्रमुख सचिवको निवास, मालपोत कार्यालय, नापी कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उपमहानगरपालिकाका कार्यालय भवनहरू पनि जलेका छन् ।

त्यसैगरी, आन्दोलनकारीले राजनीतिक दलका कार्यालय र निजी घरमा पनि तोडफोड र आगजनी गरेका छन् । कांग्रेस र एमालेका जिल्ला कार्यालय, पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको घर, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका दुई निजी घर, भीमफेदी गाउँपालिकाका अध्यक्ष हृदम लामाको घर, संघीय सांसद महेशकुमार बर्तौलाको घर, बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको घर र हेटौँडा–४ स्थित ग्रीन हाउसमा समेत क्षति पुगेको छ ।

जिल्ला प्रशासन र प्रहरी प्रशासनले घटनास्थलको निरीक्षण गर्दै दोषी पत्ता लगाई कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित