विजय कार्की/ललितपुर । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारका क्रममा तीन मन्त्रीको नाम टुंगो लागेको छ । बालुवाटार स्रोतका अनुसार अर्थ मन्त्रालय रामेश्वर खनाललाई, गृहमन्त्रालय ओमप्रकाश अर्याललाई र ऊर्जा मन्त्रालय कुलमान घिसिङलाई दिने निर्णय गरिएको हो ।
गृहमन्त्री बन्ने अर्यालले कानुन मन्त्रालयको पनि जिम्मेवारी पाउने भएका छन् । त्यस्तै, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई ऊर्जा बाहेक भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय समेत जिम्मा दिइने तयारी भएको छ । स्रोतका अनुसार यो प्रारम्भिक सूची हो र थप मन्त्रालय पनि तोक्न सकिने छ । ‘पत्र तयार भइसकेको छ,’ स्रोतले भन्यो, ‘शपथ भने भोलि बिहान हुनेछ ।’
पूर्वअर्थसचिव खनालले हालै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका हैसियतमा प्रतिवेदन बुझाएका थिए । कानुन व्यवसायी अर्याल विभिन्न रिट मुद्दा तथा सामाजिक आन्दोलनमार्फत चर्चामा आएका थिए । पछिल्लो समय उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका कानुनी सल्लाहकारका रूपमा काम गरेका थिए ।
घिसिङ विद्युत् आपूर्ति सुधारमा योगदान पु¥याएपछि चर्चित बनेका हुन् । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको थियो ।






















Discussion about this post