निजगढमा आपतकालीन रक्तदान कार्यक्रम हुने

400
SHARES
526
VIEWS

निजगढ । निजगढ शहीद चौकमा सोमबार आपतकालीन रक्तदान कार्यक्रम हुन गइरहेको छ । लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ सिटी र लायन्स क्लब अफ निजगढ युथको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय युवादेखि समाजसेवीहरू सक्रिय सहभागी हुन कार्यक्रमका संयोजक खड्गराज मैनालीले आव्हान गरेको छ ।

लायन्स इन्टरनेशनल, जिल्ला ३२५ एच, एमडी ३२५ यो विशेष पहलले रक्त अभावलाई मध्यनजर गर्दै आपतकालीन अवस्थामा सहयोग पुग्ने उद्देश्य लिएको हो ।

आयोजक क्लबहरूले रक्तदान केवल स्वास्थ्यप्रति जिम्मेवार नागरिकको योगदान मात्र नभई, मानवीय सेवाको सर्वोच्च उदाहरण कार्यक्रमलाई व्यापक बनाउदै आईरहेका छन ।

काठमाडौलगायत देशभर जारी जेन–जी आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारी तथा सुरक्षाकर्मीहरूलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यले निजगढमा आपतकालीन रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

कार्यक्रमको बारेमा कार्यक्रमको संयोजक युवा नेता तथा समाजसेवी खडगराज मैनालीले मधेस प्रवाहसँग कुरा गर्दै देशभर बढ्दो रगतको मागलाई पुरा गर्ने र घाइतेहरूको जीवन बचाउन स्थानीयस्तरबाट यो पहल गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित