निजगढ नगरपालिकाका ४ वटा वडा बहेक सबै कार्यालयमा सेवाप्रवाह अवरुद्ध

404
SHARES
531
VIEWS

निजगढ, बारा । पछिल्लो आन्दोलनका क्रममा तोडफोडबाट क्षति पुगेका निजगढ नगरपालिकाका ९ वटा वडा कार्यालयमा सेवाप्रवाह प्रभावित भएको छ । नगरपालिकाको अनुसार वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९  र १२ को भवनमा क्षति पुगेपछि सेवाप्रवाहमा अवरोध आएको हो ।

नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार वडा नं. १०, वडा नं. ११ र वडा नं. १३ को कार्यालयमा भने भदौ ३० गते देखि सेवा सुचारु गर्ने भएको छ । २०८२ असोज २८ गतेदेखि काठमाडौँलगायत देशका विभिन्न भागमा भएको आन्दोलनको प्रभावस्वरूप ती वडा कार्यालयहरूमा ठूलो क्षति पुगेको जनाइएको छ ।

विशेष गरी वडा नं. १२ को वडा कार्यालय भवनमा व्यापक क्षति पुगेकाले हाललाई अस्थायी रूपमा निजगढ नगरपालिकाको वडा नं. १३ को कार्यालय भवनबाट सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । अन्य क्षतिग्रस्त वडा कार्यालयहरूमा पनि आवश्यक तयारी गरी चाँडै सेवा पुनः सञ्चालन गर्ने तयारी भइरहेको सूचनामा उल्लेख छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अधिकारीले प्रभावित वडा कार्यालयका सेवाग्राहीलाई असुविधा नहोस् भनी अस्थायी व्यवस्था मिलाइएको र छिट्टै नियमित सेवामा फर्किने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित