अपराधीलाई हौसला दिने प्रवृत्तिविरुद्ध प्रहरी संगठनको कडा प्रतिक्रिया

384
SHARES
505
VIEWS

बारा । पछिल्लो समय सामाजिक सञ्जालमा प्रहरीको पोशाक, व्यक्तित्व र भूमिकामाथि मजाक, उपहास र असम्मानजनक टिप्पणी बढ्दै गएको सन्दर्भमा प्रहरी संगठनभित्रैबाट यसको विरुद्धमा कडा आवाज उठेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक सन्देशमा प्रहरीलाई “सधैं मारिनुपर्ने, मजाकको पात्र बन्नुपर्ने संस्था होइन” भन्दै प्रहरीलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ । सन्देशमा भनिएको छ, “प्रहरी कुनै व्यक्ति मात्र होइन, यो संस्था हो, संगठन हो र राज्य हो । प्रहरी बलियो हुँदा सुशासन बलियो हुन्छ, कानुनी राज्य बलियो हुन्छ, तपाईँ हामी सबै बलियो हुन्छौँ ।”

उक्त अभिव्यक्तिमा प्रहरीमाथि हुने निरन्तर अपमान र उपहासले समाजलाई नै असुरक्षित बनाउने चेतावनी दिइएको छ । अपराधीलाई रमाइलो ठानेर प्रोत्साहन गर्ने प्रवृत्तिको आलोचना गर्दै भनिएको छ, “आज प्रहरीलाई हेला गर्नेहरूले कल्पना गर्नुपर्छ यदि भोलि जेलबाट भागेका अपराधीहरूले तपाईँकै घर लुटे, दिदीबहिनीमाथि हिंसा गरे भने समाज कस्तो हुन्छ?”

प्रहरी संगठनका अनुसार यसरी प्रहरीलाई कमजोर पार्ने संस्कृतिले अपराधीलाई हौसला दिने खतरा हुन्छ । संस्थालाई बलियो बनाए मात्र कानून र सुशासनको अभ्यास सम्भव हुने भन्दै प्रहरी संगठनले नागरिकलाई सहयोग र विश्वासका साथ उभिन आग्रह गरेको छ ।

सन्देशमा थप भनिएको छ, “गर्वका साथ भन्छु “म” नेपाल प्रहरी हुँ । कसैलाई प्रहरी अपराधी जस्तो लाग्छ भने पनि हामी हाम्रो कर्तव्यबाट विमुख हुने छैनौँ । देश र जनताको सेवामा जुनसुकै अवस्थामा पनि अगाडि बढिरहनेछौँ ।” जय नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित