कोल्हबीमा भूमि समस्या समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

389
SHARES
512
VIEWS

कोल्हवी, बारा । बाराको कोल्हबीमा भूमि समस्या समाधानसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कोल्हबी नगरपालिकाको सभा हलमा मंगलबार सम्पन्न सो कार्यक्रममा भूमि आयोग बाराका अध्यक्ष भरत घले, मालपोत कार्यालय बाराका प्रमुख शालिकराम ढकाल र नापी कार्यालय बाराका प्रमुख सुबोध यादवले सरकारको नीति नियम र आयोगमार्फत गरिने काम तथा त्यसको प्रक्रियाबारे सहभागीहरूलाई जानकारी गराएका थिए ।

कार्यक्रममा बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, भूमि आयोग बाराकी सदस्य कलावती पासवान, कोल्हबी नगरपालिकाका मेयर रामप्रसाद चौधरी, उप–मेयर लक्ष्मीकुमारी चौधरी, बारागढी गाउँपालिका अध्यक्ष अशोक जैसवाल र कोल्हबी नगरपालिकाका सबै वडा अध्यक्ष तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सो अवसरमा मेयर रामप्रसाद चौधरीले नगर क्षेत्रभित्रका भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई ठूलो उपलब्धि भन्दै, कोल्हबी नगरपालिकामा तेस्रो चरणसम्मको प्रक्रिया सकिएको र बाँकी रहेको काम द्रुत रूपमा अघि बढाउन वडा कार्यालयलाई सुझाव दिएको जानकारी दिए ।

कार्यक्रमका क्रममा वडा अध्यक्ष तथा सचिवहरूले आफ्नो वडामा देखिएका भूमि सम्बन्धी समस्याहरूको विवरण प्रस्तुत गर्दै, धनीपुर्जा प्राप्त गर्न आवश्यक प्रक्रियाबारे आयोगबाट प्रत्यक्ष जानकारी पनि लिएका थिए ।

कार्यक्रमले स्थानीय तह र भूमि आयोगबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउँदै भूमिसम्बन्धी समस्या समाधानमा गति थप्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित