निजगढ । बाराको निजगढस्थित हाइवे होटलको सभा हलमा होटल तथा पर्यटन व्यवसायी महासंघ, निजगढ एकाइको बैठक सम्पन्न भएको छ । बैठकले होटल तथा पर्यटन व्यवसायलाई थप व्यवस्थित गर्दै आगामी कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकले विशेषगरी चाडपर्वलाई मध्यनजर गर्दै निजगढ एकाइको सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गर्ने निर्णय गरेको छ । उक्त कार्यालयमार्फत व्यवसायीहरुलाई सहज सेवा दिन सकिने व्यवस्था मिलाइने महासंघले जनाएको छ । त्यस्तै, भाद्र २९ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र निजगढ क्षेत्रका सम्पूर्ण होटलहरूको डाटाबेस तयार गर्ने विषयमा पनि बैठकले निर्णय गरेको छ ।
कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउन व्यवसायीले राखेका धारणा तथा सुझावलाई समेट्दै ठोस कार्ययोजना अघि बढाइने बैठकले निष्कर्ष निकालेको छ ।
बैठक संघका अध्यक्ष रामकृष्ण घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो भने बारा जिल्ला अध्यक्ष अर्जुन लम्साल प्रमुख अतिथि रहेका थियो । संघका सचिव डिबि दाहालले बैठक सञ्चालन गरेका थिए ।
बैठकमा निजगढका विभिन्न होटल व्यवसायीहरूको सक्रिय सहभागिता रह्यो । सहभागीहरूले व्यवसाय प्रवद्र्धन, समस्या समाधान तथा अवसर विस्तारबारे गहन छलफल गर्दै सामूहिक सहकार्यमा जोड दिएका थिए ।






















Discussion about this post