निजगढ । थारु समुदायको हकअधिकार र पहिचानको सवाललाई उठान गर्दै थारु राष्ट्रिय मुक्ति मोर्चा, नेपालले बारा जिल्लाको निजगढ नगरपालिकामा पहिलोपटक नगरस्तरीय सम्मेलन सम्पन्न गरेको छ ।
शुक्रबार निजगढ–८ स्थित तारा इन होटलमा आयोजना गरिएको भेलाले विकुलाल धामीको अध्यक्षमा २९ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको । त्य्स्तै उपाध्यक्षमा कन्तलाल धामी र दिलिप गुरो सर्वसम्मत गरिएको छ । भने सचिवमा प्रमोद कुमार चौधरी कोषाध्यक्षमा सुचिता कुमर र सहसचिवमा कलावती धामी सर्वसम्मत भएका हुन ।
त्यस्तैगरी सदस्यहरुउमा सुकमाया धामी, अक्षय कुमर, जानम कुमर, अशोला गुरो कुमर, गितादेवी धामी,बभगवान बाल कुमर, इनरा धामी, सञ्जा धामी, पार्वती थरुनी, चौविसलाल कुमर, चन्द्रावती कुमर, उदियादेवी, निराजन चौधरी, मोहिलाल कुमर, विजय कुमर, ललिता कुमर, सरिता कुमारी, अतवरिया धामी, मिना चौधरी, विहारी धामी, सुकनी देवी धामी, चन्दृका धामीर कान्छा देवि सर्वसम्मत कार्यसमितिको सदस्यमा चुनिएको हो ।
त्यस्तैगरी सल्लाहकारमा निजगढ नगरपालिका वडा नम्बर ४ का जननिर्वाचित वडा सदस्य राजसेन कुमर, शिव कुमर कछाडिया र तारादेविलाई सल्लाहकारमा सर्वसहमतिले निर्वाचित ब्जएका हुन । त्यस्तै निजगढ वडा नम्बर १ का वडा सदस्य कन्तलाल धामीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज अनिल श्रेष्ठ (क्षेत्र) उपस्थित रहे ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले मुलुकको संविधानले सुनिश्चित गरेका सामाजिक न्याय, समानुपातिक समावेशिता र पहिचान–आधारित अधिकारहरूलाई संस्थागत गर्दै लैजान माओवादी आन्दोलन निरन्तर लागिपरेको बताए ।
निजगढ नगरपालिका वडा नम्बर १ का जननिर्वाचित वडा सदस्य धामीको सभा अध्यक्षतामा भएको सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य सोनालाल साह, नेता तापेश्वर चौधरी, रविराज दंगाललगायतले मन्तव्य व्यक्त गर्दै थारु समुदायको अधिकार, भूमिसुधार, शिक्षा, रोजगारी र सांस्कृतिक पहिचानलाई बलियो बनाउन संयुक्त सङ्गठन र सचेतनाको आवश्यकता रहेको धारणा राखे ।
त्यस्तै सो भेलामा विभिन्न वडाबाट आएका प्रतिनिधिहरू, थारु समुदायका अगुवाहरू, स्थानीय नेताहरू र सर्वसाधारणहरु उल्लेखनीय सहभागिता थियो । कार्यक्रम बुद्धिजीवी संगठनका केन्द्रिय सदस्य केदार प्रसाद गौतमले हरेका थिए ।






















Discussion about this post