निजगढ । बारा जिल्लाको निजगढ नगरपालिका–११ स्थित पर्सा राष्ट्रिय निकुञ्ज भित्रको जंगलबाट ठूलो परिमाणमा गाँजा सहित दुई जना पक्राउ परेका छन् ।
साउन १३ गते राति करिब ११:३० बजे, संकास्पद अवस्थामा प्लास्टिकको बोरा बोकी पैदल आइरहेका व्यक्तिहरूलाई प्रहरीले रोकी चेकजाँच गर्दा ४ पोका गाँजा फेला परेको हो । गाँजाको तौल करिब २४ केजी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका वडा नम्बर १२ स्थित थली टोल निवासी ४२ वर्षीय सुरज घलान र २२ वर्षीय समिर घलान रहेका प्रहरीले जानकारी दिए । उनीहरू दुवैजना जंगलको बाटो हुँदै गाँजा बोकेर आइरहेका बेला पक्राउ परेका हुन् ।
प्रहरीले गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय निजगढमा राखिएको प्रहरीको एक विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र लागू औषध ओसारपसारको गोप्य मार्गको रुपमा प्रयोग हुँदै आएको आशंकामा प्रहरीले निगरानी बढाएको जनाएको छ ।






















Discussion about this post