भारतीय कारको ठक्करबाट शिक्षिका गम्भीर घाइते, उपचारका लागि बिरगंज लगियो

505
SHARES
665
VIEWS

विजेद्र कुमार चौधरी/प्रसौनी । कलैयातर्फ जाँदै गरेको भारतीय सवारीले एक शिक्षिकालाई ठक्कर दिँदा गम्भीर घाइते भएको छ ।

बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित बेंगा सह-माविमा कार्यरत शिक्षिका प्रतिमादेवी सहलाई भारतीय नम्बर प्लेटको कार (वीअर २४ पी ७७८१) ले विद्यालय गेटमा ठक्कर दिएको हो । गम्भीर घाइते शिक्षिकालाई तत्काल उद्धार गरी उपचारका लागि बिरगंजको न्युरो हस्पिटल लगिएको छ ।

घटनालगत्तै ठक्कर दिने कारलाई नियन्त्रणमा लिई गण्डकस्थित इलाका प्रहरी चौकीमा राखिएको प्रहरी भग्य नारायण साहले जाकारी दिए ।

स्थानीयहरूका अनुसार उक्त कार गण्डकबाट कलैयातर्फ तीव्र गतिमा आइरहेको थियो । सडक पार गर्ने क्रममा शिक्षिकालाई ठक्कर दिएको र घटनापछि केहीबेर तनावपूर्ण अवस्था समेत देखिएको थियो ।

इलाका प्रहरी कार्यालय, गण्डकले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

यस घटनाले भारतीय सवारी साधनको लापरवाही र सीमा क्षेत्रका सडक सुरक्षामा प्रश्न उठाएको भन्दै स्थानीयले चासो व्यक्त गरेका छन् । शिक्षिकाको अवस्था सामान्य रहेको र उनको उपचारमा विशेषज्ञ टोली संलग्न रहेको अस्पताल स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित