डम्बरपुर । बाराको निजगढ नगरपालिका–१३ स्थित डम्बरपुरको एउटा पुरानो विद्यालय, श्री शिवशक्तेश्वर आधारभूत विद्यालय । जहाँको कक्षा कोठामा चेपाङ समुदायका विद्यार्थीहएउ थिए । भित्तामा झुण्ड्याइएका सेतो बोर्ड र चित्रहरूले पठन–पाठनको कथा सुनाउँछन् । यहीँ पढ्छन् चेपाङ समुदायका ती नानीहरू, जसको सपना झनझन तिखारिँदै छ—शिक्षा मार्फत जीवन बदल्ने ।
ती बच्चाहरूको अनुहारमा आज विशेष चमक थियो । कारण थियो हिमालयन बैंक लिमिटेड, निजगढ शाखाबाट आएको सहयोग । बैंकले विद्यालयमा अध्ययनरत ३५ जना चेपाङ विद्यार्थीलाई नयाँ स्कूल पोशाक, जुत्ता, मोजा र झोला वितरण गर्यो । त्यो एक झोला मात्रै थिएन त्यो थियो अवसरको झोला, सम्भावनाको झोला, आत्मविश्वासको झोला ।
विद्यालयको कार्यालयमा लाइन लागेर उभिएका ती नानीहरूको आँखामा देखिएको उत्साह शब्दमा भन्न गाह्रो छ । एउटी बालिका मुस्कुराउँदै भन्छिन्, “अब मेरो पनि नयाँ झोला छ, जस्तै सहरका साथीहरूको हुन्छ ।”
सामाजिक उत्तरदायित्वमार्फत बालबालिकासँग जोडिएको बैंक कार्यक्रममा हिमालयन बैंकका मधेस प्रदेश प्रमुख सागर कुमार रेग्मी, निजगढ शाखा प्रमुख सोम कार्की, र प्रतिनिधि रविन बरालले बालबालिकाहरूसँग समय बिताए । त्यो क्षण बैंकका लागि मात्र ‘कार्यक्रम’ थिएन, समुदायसँगको सम्बन्ध गाँस्ने माध्यम पनि थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष सुर्य घलानले भने, “यो सहयोगले बालबालिकामा आत्मबल थपेको छ । विद्यालयमा नियमित उपस्थिति र पढाइप्रति लगाव बढ्नेछ ।”
कागजको सामग्री होइन, सम्बन्ध बाँडियो
विद्यालय कार्यालयमा गरिएको वितरण कार्यक्रममा कुनै चमकदार मञ्च थिएन, तामझाम थिएन । तर थियो सामाजिक उत्तरदायित्वको गहिरो अर्थ । हिमालयन बैंकले बाँडेका पोशाक र सामग्रीहरूले एउटा भूगोलमा शिक्षाको उज्यालो थपेको छ, जुन सधैं छायाँमा पारिन्थ्यो ।
‘एक पोशाकले फरक पार्न सक्छ’ भन्ने विश्वाससहित, हिमालयन बैंकले चेपाङ समुदायका ती बालबालिकाको जीवनमा एउटा सानो तर महत्वपूर्ण परिवर्तनको ढोका खोलिदिएको छ । जब तिनीहरू अब नयाँ पोशाकमा विद्यालय जानेछन्, उनीहरू केवल कपडा होइन, आत्मसम्मान बोकेर जानेछन् । मधेस प्रदेश एक मात्र् छन चेपाङ बस्ती त्यो हो निजगढ १३ ।























Discussion about this post