बारा । तामाङ समुदायको सांगीतिक भण्डारमा नयाँ गीत ‘डेटिङरी’ थपिएको छ । संजीव घिसिङ र जीतु लोप्चनको स्वरमा सजिएको गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा संगीतकार साम्तेन मोक्तानको संगीत र सब्द रहेको छ भने एरेन्ज, मिक्सिङ र मास्टरिङको काम कार्साङ लामाले गरेका छन् ।
भिडियो पक्षमा कोरियोग्राफर संजीव थोकरको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियोमा थोकर आफैंसहित आकाश बुढा मगर र अञ्जली स्याङ्बोले अभिनय गरेका छन् ।
समकालीन युवा पुस्ताको प्रेमभावनालाई तामाङ भाषामा आकर्षक ढंगले प्रस्तुत गरिएको ‘डेटिङरी’ गीतलाई स्वयं यसै गितका अभिनेता आकाश बुढा मगरको अधिकारीक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । गीतको लय, शब्द र अभिनयले दर्शक-श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।
भिडियोको छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ अनिल बिष्ट प्युठानीले गरेका छन् ।
तामाङ गीत–संगीतको प्रबर्द्धनमा निरन्तर सक्रिय कलाकारहरूको यो नयाँ प्रयासले समुदायभित्रको सांगीतिक चेतना र सांस्कृतिक पहिचान झनै सशक्त बनाउने विश्वास लिइएको छ ।




















Discussion about this post