खोपवा । बाराको बारागढी गाउँपालिकाको सातौं गाउँसभा अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४१ करोड ९० लाख ६१ हजार २ सय ६८ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको केन्द्र खोपवामा सोमबार सम्पन्न अधिवेशनमा अध्यक्ष अशोक कुमार जयसवालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले कृषिमा आधुनिकीकरण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा प्राथमिकता दिइएको उल्लेख गरेका थिए ।
उक्त अधिवेशनमा बजेट गाउँपालिकाकी उपाध्यक्ष तथा योजना तर्जुमा समिति संयोजक लक्ष्मीदेवी रायको अनुमतिमा वडा नम्बर ४ का अध्यक्ष एवं स्थानीय सरकार प्रवक्ता पन्नालाल साहले प्रस्तुत गरे ।
गाउँसभामा उपाध्यक्ष राय, प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरी, लेखा अधिकृत अजय चौधरी, वडा नं. २ का अध्यक्ष जिगेन्द्र साह कलवार, वडा नं. ३ का अध्यक्ष उमेशप्रसाद साह, वडा नं. ५ का अध्यक्ष मैनेजर चौधरी, वडा नं. ६ का कार्यबाहक अध्यक्ष रामेश्वर पण्डित, विभिन्न शाखाका प्रमुख, कार्यपालिका सदस्य, कर्मचारी, वडा सचिव, सुरक्षाकर्मी र सञ्चारकर्मीको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन योजना इकाइ प्रमुख रञ्जितकुमार साहले गरेका थिए । स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै विकासका पूर्वाधार विस्तार गर्ने लक्ष्यसहित बजेट र कार्यक्रम सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ ।






















Discussion about this post