दिपेन्द्र जयसवाल/ बारा । बारागढी गाउँपालिका–२ बिशुनपुरवामा १५ दिने नेल आर्ट (नङ सजावट) सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ ।
खोपवा स्वास्थ्य संस्थाको सहयोग र मनकामना ब्युटी पार्लर, कलैयाको आयोजनामा सम्पन्न उक्त तालिममा सहभागी महिलाहरुलाई शनिबार प्रमाणपत्र वितरण गरिएको हो ।
समापन कार्यक्रममा बारागढी गाउँपालिकाका प्रमुख अशोककुमार जयसवाल रहेका थिए । त्यस्तै अतिथिहरुमा गाउँपालिकाकी उपप्रमुख लक्ष्मीदेवी राय, कार्यपालिका सदस्य रेणु देवी जयसवाल र वडा नं २ का अध्यक्ष जोगिन्द्र साह कलवारको पनि उपस्थिति रहेका थिए ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष जयसवालले महिलाहरूलाई सशक्त बनाउन यस्ता सीपमूलक तालिमको प्रभावकारी भूमिका रहेको बताए । “शिक्षा र सीपले मात्र महिलामा आत्मनिर्भरता आउँछ,” उनले भने, “अब गाउँमै बसेर पनि महिलाले स्वरोजगार सुरू गर्न सक्छन् ।”
तालिमको सञ्चालन मुकेश जयसवालले गरेका थिए । आयोजकका अनुसार नेल आर्ट तालिमले महिलालाई सौन्दर्य व्यवसायमा जोडिन प्रेरणा दिएको छ । तालिममा स्थानीय महिलाको उत्साहजनक सहभागिता रहेको थियो ।






















Discussion about this post