निजगढमा दलित महिलाहरूलाई लक्षित गरी चार दिने कानुनी अभिमुखीकरण सम्पन्न

393
SHARES
517
VIEWS

निजगढ । निजगढ नगरपालिका–२ स्थित जनता  सभाहलमा आयोजित दलित महिलाहरूका लागि लक्षित कानुनी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

फास्ट ट्र्याक मिडिया प्रा.लि.को आयोजना तथा निजगढ नगरपालिका नगर कार्यपालिकाको सहयोगमा सञ्चालित उक्त चार दिने अभिमुखीकरण कार्यक्रम “दलित महिलाहरूको कानुनी सशक्तिकरण” भन्ने उद्देश्यसहित सम्पन्न गरिएको हो ।

कार्यक्रममा सहभागी महिलाहरूलाई महिला अधिकार, घरेलु हिंसा, लैंगिक विभेद, सम्पत्ति अधिकार, कानुनी सहायताका उपायहरू, उजुरी दिनेसम्बन्धी प्रक्रिया लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।

तालिम प्रशिक्षक नरेश चौधरी र सन्तबहादुर विकले कानुन सम्बन्धि प्रशिक्षण दिएका थिए ।

व्यवसायी तथा सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा दलित समुदायबाट उल्लेख्य संख्यामा महिलाहरूको उपस्थिति देखिएको थियो।

कार्यक्रम समापनका अवसरमा आयोजक संस्थाका प्रतिनिधिका अध्यक्ष महेश्वर अधिकारीले अभिमुखीकरणले सहभागी महिलाहरूमा कानुनी चेतना र आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए । त्यस्तै प्रमुख अतिथि निजगढ वडा नम्बर २ का वडा अध्यक्ष राजन श्रेष्ठले  यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा विस्तार गर्ने र दलित गरिव विपन्नलाई नि:शुल्क स्वास्थ्य बिमा गर्ने योजना वडाको बजेटमै राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा कार्यपालिका सदस्य अएउणा विक, फुलमाया तामाङ्ग, वडा सदस्य विष्णुमाया विक्र  वडा नम्बर १ का वडा सदस्य जुनेलीमाया विक, पुर्व वडा अध्यक्ष केशवप्रसाद डोडारी, दलित अधिकारकर्मी इन्द्र विक र समाजसेवी संगम लोप्चनलगायतको सहभागी रहेका थिए । कार्यक्रम स्थानीय पत्रकार शान्तकुमार सापकोटाले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित