पुरानो रिसिवीका कारण कुटपिटपछि मृत्यु, ४ जना पक्राउ

395
SHARES
520
VIEWS

बारा । उपमहानगरपालिका–१४, बघवन टोलमा पुरानो रिसिवीका कारण कुटपिट गरिँदा एक व्यक्तिको ज्यान गएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ भने अन्य व्यक्तिहरुको खोजी भइरहेको जनाएको छ ।

गत जेठ २९ गते साँझ करिब ६:१५ बजेतिर ५० वर्षीय नन्दु राउत कुर्मीलाई सोही स्थानमा बसोबास गर्ने उमेश जैसवालसहित ६ जनाको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैयामा पुर्‍याइएको थियो । तर, चिकित्सकले उनलाई साँझ ७:२० बजे मृत घोषणा गरेका थिए ।

घटना सम्बन्धमा जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको टोलीले तत्कालै अनुसन्धान प्रारम्भ गरेको थियो । घटनामा संलग्नमध्ये २८ वर्षीय दिगम्बर साह कलवारलाई सोही दिन पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ ।

त्यसपछि फरार रहेका अन्य व्यक्तिहरुलाई खोज्ने क्रममा प्रहरी निरीक्षक खेमप्रसाद नेपालको नेतृत्वमा खटिएको विशेष टोलीले कलैया–५ मा सागर लामिछानेको घरबाट ३८ वर्षीया रञ्जु जैसवाललाई र वीरगञ्ज महानगरपालिका–१, शान्तिटोलबाट २० वर्षीय सुमित जैसवाल र १८ वर्षीय सुजित कुमार जैसवाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ । अन्य फरार आरोपीहरुको खोजी कार्य तीव्र पारिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित