महिलाहरूको क्षमता विकासका लागि एकता नेपालद्वारा ६ दिने तालिम सुरु

394
SHARES
519
VIEWS

निजगढ, बारा । महिलाहरूको क्षमता विकासका लागि एकता नेपालद्वारा ६ दिने तालिम सुरु भएको छ । नेतृत्व र आत्मविश्वास अभिवृद्धिका लागि ६ दिने तालिम सञ्चालन गरिएको हो

महिलाहरूको सामाजिक, राजनीतिक र व्यक्तिगत क्षेत्रमा सशक्तिकरण गर्ने उद्देश्यले एकता नेपालले आजदेखि निजगढमा ६ दिने नेतृत्व तथा क्षमता विकास तालिम सुरु गरेको एकता नेपालकी अध्यक्ष धनमायाले जानकारी दिईन ।

तालिम निजगढ नगरपालिकाको सहयोगमा नगर कार्यपालिका सदस्य पवित्र सुनारको लक्षितकोष अन्तरगत भएका हुन । कार्यक्रम निजगढको पर्यटक स्थाल सहिद हिरालाल पार्क परिसरमा सुरु गरिएको हो ।

एकता नेपालकी अध्यक्ष धनमाया घलानको अध्यक्षयामा र प्रमुख अतिथि निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटाले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि वडा अध्यक्ष सापकोटाले महिला लक्षित कार्यक्रमले महिलाहरु नेतृत्वमा अग्रसरता हुने विश्वास व्यक्त गरे । कार्यक्रममा संस्थाका पदाधिकारीहरुको सहभागिता र प्रशिक्षार्थीहरुको उल्लासमै उपस्थित रहेको थिए । कार्यक्रमको प्रशिक्षक रेश्मी लामिछाने रहेकी छिन ।

कार्यक्रम सञ्चालनको प्रमुख उद्देश्य महिलाहरूलाई नेतृत्व क्षमताको विकास, आत्मविश्वास अभिवृद्धि, तथा सामाजिक सक्रियतामा जोड दिने रहेको आयोजक संस्थाले जनाएको छ । प्रशिक्षणमार्फत महिलाहरूलाई समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्न उत्प्रेरित गरिने विश्वास लिइएको छ । तालिम आगामी असार ६ गतेसम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित