निजगढ । बाराको निजगढ नगरपालिका–१३ मा लामो समयदेखि वडा सचिवका रूपमा कार्यरत विष्णुलाल श्रेष्ठको अवकाशसँगै बिदाइ कार्यक्रम गरिएको छ ।
स्थानीय वडाको आयोजनामा गरिएको कार्यक्रममा श्रेष्ठलाई सम्मानपूर्वक बिदाइ गरिएको हो । कार्यक्रममा वडाध्यक्ष सुर्य घलान जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिकहरूको उपस्थिति थियो ।
श्रेष्ठले निजगढ क्षेत्रमा करिब दुई दशकसम्म प्रशासनिक सेवामा सक्रिय भूमिका निभाएका थिए । गा.वि.स. कालदेखि हालको नगरपालिका प्रणालीसम्म उनले वडा सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
कार्यक्रममा वडाध्यक्ष सुर्य घलानले श्रेष्ठको सेवाभाव, कर्मठता र इमान्दारिताको प्रशंसा गर्दै भने, ‘उनले वडा प्रशासनलाई जनमैत्री बनाउने काममा उल्लेखनीय योगदान पुर्याउनुभयो ।’
कार्यक्रममा सहभागीहरूले श्रेष्ठलाई माला, दोसल्ला र सम्मानपत्रसहित बिदाइ गरे ।
बिदाइ भावनात्मक बनेको थियो । श्रेष्ठले अनुभव सुनाउँदै भने, ‘निजगढ मेरो कर्मथलो मात्रै होइन, जीवनको महत्वपूर्ण अंश हो । यहाँका जनताको माया र साथ कहिल्यै बिर्सन सक्दिन।’
कार्यक्रमको अन्त्यमा सामूहिक तस्बिर खिचिएको थियो । श्रेष्ठको विदाई संगै वडामा कामकाजकालागी अरुण बस्नेत आउने भएका छन । वडा सचिव बस्नेतलाई वडा नम्बर १२ र १३ को जिम्मेवारी थपेको छ । वडा सचीव बस्नेतले १२ नम्बर वडाको मात्र जिम्मेवारी पाएकोमा अब यी दुई वडाको जिम्मेवारी थपेको छ ।






















Discussion about this post