बारा । सुर्य नेपाल प्रा.लिले जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित औराहा माध्यमिक विद्यालयलाई दुई थान स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ ।
विद्यालय परिसरमै आयोजित कार्यक्रममा वडा नं. ४ की वडा सदस्य उर्मिला भट्टको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गा लामिछानेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
स्मार्ट बोर्ड हस्तान्तरणसँगै सुर्य नेपाललाई धन्यवाद ज्ञापन तथा सम्मानसमेत गरिएको कार्यक्रममा कम्पनीका यज्ञ ब. आले र आशिष अधिकारीको उपस्थिति रहेको थियो । साथै, विद्यालय व्यवस्थापन समितिका सदस्य अतिम उल्लाह, प्रधानाध्यापक लालबाबु प्रसाद साहसहित सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिले शैक्षिक प्रविधिमा सहयोग पुर्याएको भन्दै सुर्य नेपालप्रति आभारसहित धन्यवाद र सम्मान पत्रले सम्मान गरेको ।






















Discussion about this post