बारा, निजगढ । निजगढ नगरपालिका–१ को वडा कार्यालयले वडामा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुलाई घरदैलो सेवा प्रभावकारी बनाउने उद्देश्यले साइकल वितरण गरेको छ ।
वडा कार्यालयले स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँचलाई सशक्त बनाउने लक्ष्यसहित तीन थान साइकल वितरण गरेको हो । साइकलको प्रयोगले स्वयंसेविकाहरूलाई सहज रूपमा घर–घरमा पुगेर स्वास्थ्य सेवा पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
साइकल वितरण कार्यक्रम वडा अध्यक्ष मंगले लोप्चनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य फुलमाया घलान, वडा सदस्य कन्तलाल धामी, मंजु कुमार कछडिया, वडा सचिव सोम सिंह लामा र कार्यालय सहयोगी कालीमाया स्याङतानको उपस्थिति रहेको थियो ।
वडा अध्यक्ष लोप्चनले कार्यक्रमको क्रममा स्थानीय स्वास्थ्य सेवामा स्वयंसेविकाहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप सहयोगका कार्यक्रमहरू संचालन गरिने जानकारी दिए ।
स्थानीय स्वास्थ्य सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने विश्वाससहित यो कार्यक्रमलाई उदाहरणीय पहलको रूपमा हेरिएको छ ।
त्यस्तैगरी निजगढ-२ वडा कार्यालयले गत जेठ २ हते शुक्रबारका दिन स्वास्थ्य स्वयंसेविकाहरू समुदाय स्तरमा घरदैलो सेवा प्रदान गर्ने महत्वपूर्ण भुमिका रहेका हुन्छ ब्जन्दै कार्य अझै थप प्रभावकारी र SMART बनाउन मोबाइल फोन वितरण गरेका थिए । मोबाइल फोन वितरणको उदेश्य सूचना आदान–प्रदानमा सहजता स्वास्थ्य संस्था, पालिका र अन्य स्वयंसेविका सँग छिटो सम्पर्क गर्नको लागि सहज हो भनएए मोबाईल बितरण गरिएको हो वडा कार्यालयले जनाएको ।






















Discussion about this post