निजगढमा ट्राफिक जनचेतना साता, दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास : ट्राफिक प्रहरी निरीक्षक केसी

397
SHARES
522
VIEWS

निजगढ बारा । सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यसहित बाराको निजगढमा ट्राफिक जनचेतनामूलक साता कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा ट्राफिक नियमको पालनाबारे सर्वसाधारण र चालक लगायतलाई सचेतना दिइएको हो ।

बारा जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक दीपक केसीले सचेतनामूलक अभियानले सडक सुरक्षाबारे आममानसमा चेतना वृद्धि गर्ने विश्वास व्यक्त गरे को छ । “ट्राफिक नियमबारे जानकारी दिनु नै दुर्घटनामा कमी ल्याउने पहिलो कदम हो,” उनले भने, “यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न सके प्रभावकारी नतिजा देखिन्छ।”

साता भर सञ्चालन हुने अभियानअन्तर्गत बाराको विभिन्न स्थानमा ट्राफिक शिक्षा, सवारी चालकलाई नियमबारे जानकारी, सडकमा सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायत कार्यक्रम राखिएको छ । प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि सचेत गराउँदै संयमित र सुरक्षित सवारी चलाउन आग्रह गरेको छ ।

अनुशासनयुक्त र जिम्मेवार सवारी सञ्चालनमार्फत सडक दुर्घटना न्यूनीकरण सम्भव हुने ट्राफिक प्रहरीको भनाइ छ। निरीक्षक केसीका अनुसार, विगतमा यस्ता जनचेतनामूलक कार्यक्रमबाट सकारात्मक प्रभाव देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित