निजगढमा अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा उत्कृष्ट ओभर र बलिङ गर्ने विद्यार्थीलाई सम्मान

410
SHARES
539
VIEWS

निजगढ, बारा । निजगढमा सञ्चालित अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दुई विद्यार्थीलाई विशेष सम्मान गरिएको छ । प्रतियोगितामा निरन्तर १३ ओभर बलिङ गरेका कारण उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्ला सचीव रामहरि खरेलले सो खेलाडीलाई व्याट हस्तान्तरण गरि सम्मान गरेका थिए । त्यस्तै आयोजकले अर्का उत्कृष्ट बलिङलाई म्यान आफ दी म्याचको सम्मान गरेका थिए । उनलाई पनि रास्वपाका जिल्ला सचीव खरेलले क्रिकेट बल र ब्याट प्रदान गरी सम्मान गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा जिल्ला सचिव खरेलले शुक्रबार एक खेलमैदानमा उक्त विद्यार्थीलाई पुरस्कार हस्तान्तरण गरेका हुन्। उनले बालबालिकाको खेलकुद क्षेत्रमा देखिएको रुचि प्रसंशायोग्य भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले प्रतिभा उजागर गर्न सहयोग पुर्‍याउने बताए ।

“यसले खेलकुदमा बालबालिकाको आत्मविश्वास बढाउँछ,” जिल्ला सचिव खरेलले भने, “भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उनीहरूलाई अगाडि बढ्न प्रेरणा मिल्छ।”

प्रतियोगितामा विभिन्न विद्यालयका टिमहरू सहभागी भएका थिए । स्थानीयस्तरमै आयोजना गरिएका यस्ता प्रतियोगिताले खेलकुदको विकाससँगै विद्यालयहरूबीच आपसी सहकार्य र प्रतिस्पर्धा बढाएको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित