निजगढमा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता : उपाधिका लागि गौरीशंकर मावी ८ र सडकटोल भिड्दै

405
SHARES
533
VIEWS

निजगढ, बारा । निजगढ नगरपालिकाको आयोजनामा जारी नगरस्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा गौरीशंकर माध्यमिक विद्यालय ८ र गौरीशंकर मावी सडकटोलबीच प्रतिस्पर्धा हुने भएको छ।

नगर क्षेत्रभित्रका विभिन्न विद्यालय सहभागी रहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । शनिबार हुने उपाधि भिडन्तमा दुवै टिमले जितका लागि तयारी पुरा गरेका छन् ।

प्रतियोगिताले विद्यार्थीमा खेलप्रतिको रुचि बढाउनुका साथै पारस्परिक मित्रता र अनुशासनको विकासमा सहयोग पुग्ने आयोजकको विश्वास छ । ‘शिक्षासँगै खेल पनि आवश्यक भएकाले यस्तो प्रतियोगिता गरिएको हो,’ आयोजक समितीका सदस्य निर्मल सापकोटाले भने ।

फाइनल खेल निजगढ-६ भमरा दुई खोली दोभमस्थानीय खेलमैदानमा हुनेछ । विजेता ३० हजार नगदसहित ट्राफि र प्रमाणपत्र उपविजेतालाई ट्रफीसहित २० हजारसहित प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिने आयोजक समितिको सदस्य निर्मल सापकोटाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित