निजगढ–७ मा अनलाइन नागरिकता सिफारिस सेवा सुरु

407
SHARES
536
VIEWS

निजगढ, बारा । निजगढ नगरपालिका–७ नम्बर वडा कार्यालयले नागरिकता सिफारिस सेवा अनलाइनमार्फत सेवा प्रदान सुरु गरेको छ । डिजिटल प्रविधिको उपयोगमार्फत सेवाग्राहीलाई सहज, छरितो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि यो सेवा सञ्चालनमा ल्याइएको हो ।

अब वडावासीहरूले नागरिकता सिफारिसका लागि कार्यालयमा हुने झन्झट नरहने वडा कार्यालयले जनाएको छ । अनलाइन फारम भरेर आवश्यक कागजातहरू डिजिटलरूपमा अपलोड गरेपछि सेवा प्राप्त गर्न सकिनेछ । प्रमाणपत्र अपलोड ब्जएपछी सिफारिस तयार गरेर सेवाग्राहीलाई सिफारिस समयमै उपलब्ध गर्ने व्यवस्था गरिएको छ ।

वडा सचीव धर्मराज लामिछानेका अनुसार यो सेवा ‘स्मार्ट वडा’ अवधारणाअन्तर्गत सुरु गरिएको हो । “प्रविधिमैत्री प्रशासन निर्माण गर्दै सेवा सरल र प्रभावकारी बनाउने हाम्रो प्रयास हो,” उनले भने, “वडावासीले अब लामो लाइन बस्नुपर्ने झन्झट हटेको छ ।”

हाल अनलाइनमार्फत नागरिकता सिफारिस उपलब्ध गराइएको भए पनि गएको वर्ष २०७३ माघ १ गते देखि जन्म, बसोबास, विवाह, अविवाहित सिफारिसजस्ता अन्य सेवा ९ वर्ष पहिलै डिजिटल माध्यमबाट प्रदान गरि सकेको वडाले जनाएको छ ।

बसोबास, विवाह जन्म दर्तालगायतको अनलाइन प्रणाली निजगढले मधेस प्रदेशकै पहिलो पट्क सेवा सुरु गरेको थियो । नागरिकताको सिफारिस सेवाग्राहीलाई निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग र वडा अध्यक्ष टेकबहादुर लामाले  प्रदान गरि सेवालाई उद्घाटन गरेका थिए ।

त्यस्तैगरी वडा नम्बर ९आ पनि आज सोमबारबाट सेवाग्राहीलाई नागरिकता प्रमाणपत्रको सिफारिस अनलाइनबाट प्रदान गर्न सेवा सुचारु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित