निजगढ । बारा जिल्लाको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले पछिल्लो समय राजमार्गमा बाँदरहरू सडकमा किचिने घटनाहरू बढ्दै गएको बताएका छन् । वनमा प्राकृतिक आहारा स्रोतहरूको अभावका कारण बाँदरहरू बस्ती र सडक क्षेत्रमा प्रवेश गर्न बाध्य भएको हुन सक्ने प्रमुख पुरीले बताए । उनले भने जसले गर्दा सवारीसाधनको ठक्करबाट उनीहरूको ज्यान जाने घटना दोहोरिन थालेको छ ।
नगरप्रमुख सुरथ पुरी भन्छन्, “वनमा फलफूलजन्य बोटविरुवा रोपिएको भए यस्तो समस्या देखिने थिएन । वन्यजन्तुहरू आ–आफ्नो बासस्थानमै सीमित रहने थिए।” उनका अनुसार सामुदायिक वन र डिभिजन वन दुवैको उद्देश्य एउटै हो—वन र वन्यजन्तुको संरक्षण । तर व्यवहारमा प्रभावकारी व्यवस्थापन नहुँदा समस्या झन् जटिल बन्दै गएको हो की? भन्ने आशंका छ ।”
निजगढ आसपासका जंगलमा बाँदरको बाक्लो बासस्थान छ । तर फलफूल नपाएर बाँदरहरु राजमार्ग सडकसम्म ओहोरदोहोर गर्छन् । यो यो समस्य मानिसले नै उत्पन्न गरेको उनको तर्क थियो ।
नगरप्रमुख पुरीको भनाइमा, अब वनमा प्रजातिगत विविधता ल्याउँदै फलफूल, कन्दमूललगायत वन्यजन्तुको प्राथमिक आहार्य स्रोत सुनिश्चित गरिनुपर्छ। “वन्यजन्तु आफैं जंगलमै बस्ने वातावरण सिर्जना गरिएन भने मान्छेसँगको द्वन्द्व बढ्छ,” उनले भने ।
वन विज्ञहरू समेत यस विषयमा गम्भीर हुनुपर्ने बेला आएको उनी बताउँछन् । नगरपालिकाले अब वन उपभोक्ता समितिहरूसँग समन्वय गर्दै फलफूलजन्य बोटविरुवा रोप्ने योजना वन कानुन मै उल्लेख भएर आएकोमा यसलाई अघि सार्नु पर्ने बताए ।
वन्यजन्तु संरक्षणको कुरा कागजमै सीमित हुँदा बाँदरजस्ता जनावर सडकमा किचिन थालेका छन् । फलफूलजन्य विरुवा रोपणमार्फत वनलाई वन्यजन्तु मैत्री बनाउनेतर्फ सम्पुर्ण सामुदायिक वनको ध्यान केन्द्रित हुन आग्रह गरे । अब आवश्यक यसलाई दीर्घकालीन रणनीतिका रूपमा अघि बढाउनु पर्छ ।
नगर प्रमुख पुरीले वनसम्बन्धी प्रणालीमा आधारित दिगो वन व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय सरोकारवालाहरूको अन्तरक्रिया गोष्ठीको प्रमुख अतिथि रुपमा सहभागी हुँदै सम्बोधन गर्ने क्रममा यस्तो बताएको हो ।
मधेश प्रदेश सरकारअन्तर्गतको वन तथा वातावरण मन्त्रालय, जनकपुरधाम धनुषाले गोष्ठी जेठ १६ गते निजगढस्थित होटल राजमार्गमा सो कार्यक्रम आयोजना गरिएको थियो ।




















Discussion about this post