निजगढमा जेठ १७ गतेदेखि प्रथम नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने

398
SHARES
524
VIEWS

बारा । बाराको निजगढ नगरपालिकाले पहिलो नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आयोजना गरेको छ ।

निजगढ नगर खेलकुद विकास समिति र निजगढ क्रिकेट क्लबको व्यवस्थापनमा प्रतियोगिता प्रतियोगिता आगामी जेठ १७ गतेबाट सुरु हुने भएको हो ।

प्रतियोगिता निजगढ नगरपालिका वडा नं. ६ स्थित खोलिदोभन खेल मैदानमा हुनेछ । नगरपालिकाले २०८१ साल जेठ १ गते निर्णय गरी प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि जेठ १५ गतेदेखि सञ्चालन गर्ने तयारी थियो । तर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले मंगलबार एक सूचना प्रकाशित गर्दै मिति परिवर्तन गरिएको जानकारी गराएका छन् ।

यस प्रतियोगितामा निजगढ नगरभित्रका सम्पूर्ण माध्यमिक विद्यालयहरूको सहभागिता रहनेछ ।

यस कार्यक्रमले नगरभित्रका विद्यार्थीहरूको खेलकुद क्षमताको विकाससँगै आपसी मित्रता र सहकार्यलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा निजगढ नगरभित्रका विभिन्न माध्यमिक विद्यालयहरूबीच प्रतिस्पर्धा हुनेछ । यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको खेलकुद प्रतिभाको विकास गर्नुका साथै आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्नु रहेको छ।

प्रतियोगिता सफल पार्न विभिन्न सञ्चार माध्यमहरू मिडिया पार्टनरको रूपमा आबद्ध भएका छन् । स्थानीय तहको अग्रसरता र युवा खेलाडीहरूको सहभागिताले खेलकुदको क्षेत्रमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित