१५ दिनदेखि कलैया घण्टाघरको सबै घडी  बन्द

384
SHARES
505
VIEWS

दिपेन्द्र जयसवाल/बारा । बाराको सदरमुकाम कलैयास्थित भरत चोकमा रहेको घण्टाघरको चार वटै घडीको गत साता देखि बन्द रहेको छ ।

घडी तथा घण्टी मर्मत भएको २ बर्ष नबित्दै बन्द भएको छ ।

घडी र घण्टी १५ दिन सम्म बन्द हुँदा समेत कुनै पनि सरोकारवाला निकायको ध्यान पुग्न नसकेको छैन । बाराको पहिचान झल्काउने सो घण्टाघर घडी नचल्ने भए पछी कुनै सरोकारवालाले चासो नदेखिएको कलैयाका किराना पसल ब्यापारी श्याम साहले बताए ।

गत वर्ष अर्थ २ वर्ष पहिले घण्टाघरको सरसफाई तथा रंगरोगन गरी १ दशक देखि बन्द रहेको घडी र घण्टी मर्मत सम्भार गरी सञ्चालनमा ल्याईएको थियो ।

२०७९ सालको स्थानीय तहको निर्वाचन हुनु भन्दा केही दिन अगाडी देखि घण्टाघरको रंगरोगन मर्मत सम्भार शुरु गरिएको लक्ष्मी स्विटसका सञ्चालक सुरेश साहले बताए ।

“जिल्लाको पहिचान झल्काउने यो घण्टाघरको घडी निर्माण भएको केही दिन सम्म चलेको थियो । बन्द भएको दुई हप्ता बित्न लाग्दा समेत मर्मत भने हुन सकेको छैन” उनले भने ।

यता कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले घण्टाघरको घडी बन्द रहेको बारेमा आफूलाई कुनै जानकारी नभएको जनाएको छ । बन्द रहेका घडीहरु यथाशिघ्र मर्मत सम्भार गरी संचालनमा ल्याउने नगर प्रमुख साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित