वाई.सि.एल. निजगढको अधिवेसनबाट थापालियाको अध्यक्षयामा ४३ सदस्यीय चयन

483
SHARES
635
VIEWS

बारा । वाई.सि.एल. नेपाल निजगढ नगरको दोस्रो अधिवेशनको भेलाले सुदर्शन थपलियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै  उपाध्यक्ष पुर्ण बहादुर खड्का (उमेश) रवि वाईबा र महिला उपाध्यक्षमा सानुमाया गोलेलाई सम्मेलनले चयन गरेको हो । त्यस्तैगरी सचिबमा पृथ्वी मोक्तान सहसचिवहरुमा सन्तोष खड्का, मेलिना जिम्बा, सिद्दिलाल मोक्तान रहेका छन ।

कोषाध्यक्षमा भने लिलाबहादुर सापकोटालाई जिम्मेवारी दिएको छ । त्यस्तै सदस्यहरुमा कोपिला बल,, सुरेश पाख्रिन, बिजय घलान, सम धामी (फुच्चे),, रोजन कुमर, हिमेश जिम्बा, नेमा जिम्बा, धन बहादुर स्याङ्बो, सुरज गरो, कलावेत धामी, दिलिप थापा मगर,संजिव वाईबा, धनबहादुर थोकर, कमल स्याङ्तान र शेख साहिदलगायतका पदाधिकारीहरुले नेतृत्व पाव्का छन ।

सम्मेलन वाई.सि.एल. नेपाल निजगढ नगर कमिटीका अध्यक्ष भिम लोप्चन (बाबु) को अध्यक्षता भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवं बारा जिल्ला इन्चार्ज अनिल श्रेष्ठ रहेका थिए ।

त्यस्तै प्रमुख अतिथि अनिल श्रेष्ठ, मधेस प्रदेश कमिटि सदस्य एवं निजगढ नगर इन्चार्ज रबिराज दंगाल, वाईसिएल नेपालकी केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज रुकु पाख्रिन , वाईसिएल नेपाल बारा जिल्ला अध्यक्ष शुभनारायण पटेल, वाईसीएल नेपाल बारा जिल्ला सचिब बिसन सापकोटा, कलैया उपमहानगरपालिकाका पार्टी अध्यक्ष मुकेश साह र पुर्व जिल्ला कमिटि सदस्य बेनि बहादुर मोक्तानलगायतले नव निर्वाचित शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तैगरि सो सम्मेलनमा धनमाया लामा, संजिव लोप्चन, नगर कमिटीका उपाध्यक्ष छिरिङ बल, नगर सचिब रमेश अर्याल, सहसचिब शेख अन्जर हुसेन सहित पार्टीका नेता तथा कार्यकर्ताहरु उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित