बारा । बाराको निजगढ नगरपालिका-८ कल्भर्ड हालमा निजगढ नगर स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता जेष्ठ १ गतेबाट सुरु हुने भएको छ ।
नगर खेलकुद विकास समितीको र निजगढ तेक्वान्दो डोजाङको व्यवस्थापनमा सो प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा नगरका विभिन्न ६ वटा डोजाङहरुले सहभागिता जनाउने भएका छन ।
सहभागी हुनेहरुमा बारा जिल्ला तेक्वान्दो डोजाङ, श्री नेत्रोदय तेक्वान्दो डोजाङ,श्री जनज्योति तेक्वान्दो डोजाङ, स्मार्ट सिटि वागदेव तेक्वान्दो डोजाङ, श्री नेरामावि तेक्वान्दो डोजाङ र सत्यस्वर तेक्वान्दो डोजाङलगायतले सहमति जनाई सकेका छन ।
प्रतियोगितामा पुरुषतर्फ २० देखि ६६ किलो तौल मुनि र महिलातर्फ २० देखि ६२ किलो तौल समूह मुनिका खेलाडीहरु सहभागी हुन पाउने शिक्षा तथा युवा खेलकुद तथा शिक्षा शाखाले सूचनामा उल्लेख गरेको छ ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ३० हजार, द्वितीय खेलाडीले नगद २० हजार तृतीय खेलाडीले नगद १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन ।






















Discussion about this post