बारा । प्रथम विकल रेग्मी स्मृति जुनियर फूटबल प्रतियोगिताको नगर स्तरिय फूटबल प्रतियोगिताको उपाधी निजगढ-११ रतनपुरीले जितेको छ ।
स्व विकल रेग्मीको सम्झना आयोजित प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा वडा नम्बर ११ रतनपुरीले निजगढ-४ पुरानो निजगढकलाई सडेनदेथमा जित निकाल्दै उपाधि चुमेको हो ।
जितसंगै वडा नम्बर ११ ले ५१ हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको छ । भने उपविजेता वडा नम्बर ४ ले भने ३१ हजार नगद र ट्रफीमा चित्त बुझाएको छ । निर्धारित समयमा गोल रहित बराबरी खेलेका दुबै टोलीले टाइब्रेकरमा पनि बराबर ४-४ गोल गरेपछि खेल सडेनडेथमा धकेलिएको थियो ।
सडन डेथमा विकास गुरोको प्रहारले जाली चुमेपछि वडा नम्बर ११ ले उपाधिमाथि कब्जा जमाएको हो । वडा नम्बर ४ का अखिल धामीको प्रहार भने पोष्टबाट बाहिरिएको थियो ।
यसअघि टाइब्रेकरमा वडा नम्बर ४ का रोशन वाइवाको प्रहार वडा नम्बर ११ का गोल रक्षक प्रविण गुरोले रोकेका थिए भने वडा नम्बर ११ का गोल रक्षक प्रविणले नै गरेको प्रहार पोष्टबाट बाहिरिएको थियो ।
टाइब्रेकरमा वडा नम्बर ११ का सकिन कुँवर, राहुल धामी, सृजन गुरो र शिवजी कुवरले गोल गरेका थिए भने वडा नम्बर ४ को समिर धामी, मोहन खडका, प्रशान्त कुँवर र आर्यन कुँवरले गोल गरेका थिए ।
निजगढका आदिवासी कछडिया समुदायका खेलाडीहरुको बहुल्यता रहेको दुबै टोलीको हिजोको भिडन्त रोमाञ्जक थियो । अधिकांश समय खेलमा हाबी देखिएको वडा नम्बर ४ पाएको केही मौकामा स्टाइकर समिर कुवरले सदुपयोग गर्न नसक्दा पराजय बेहोर्नुपरेको हो ।
निक्कै राम्रो फर्ममा देखिएका वडा नम्बर ११ का राहुल धामीले पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेनन । प्रतियोताको सर्वोत्कृष्ट खेलाडीको उपाधि वडा नम्बर ११ का राहुल धामीले नै प्राप्त गरेका छन । त्यस्तै प्रतियोगिताभरि ४ गोल गरेका वडा नम्बर ४ का समिर कुँवरले सर्वाधिक गोलकर्ताको उपाधि पाएका छन ।
त्यसैगरी उत्कृष्ट गोल रक्षकको उपाधि वडा नम्बर ११ का प्रविण गुरो, सर्वोत्कृष्ट रक्षक वडा नम्बर ११ का सकिल कुँवर र उदीयमान खेलाडीको उपाधि वडा नम्बर ७ का सागर बुढाथोकीले प्राप्त गरेका छन ।
प्रतियोगिताका विजयी टिम तथा खेलाडीहरुलाई निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, मधेस प्रदेश सभा सदस्य मिना लामा, उपपप्रमुख सोममाया थिङ्ग, स्वर्गीय विकल रेग्मीकी आमा कमला, पिता जयन्त रेग्मी लगायतले ट्रफी र पुरस्कार वितरण गरेका थिए ।
निजगढ नगरपालिकाको आयोजनामा र नगर खेलकुद विकास समितिको व्यवस्थापनमा भएको सो प्रतियोगिता निजगढ नगरका १३ वटा वडाका टोलीको सहभागिता रहेको थियो ।






















Discussion about this post