निजगढ ६ नम्बर वडा कार्यालयद्वारा विपन्न  विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

397
SHARES
522
VIEWS

बारा । निजगढ नगरपालिका ६ नम्बर वडा कार्यालय बाराले विद्यार्थीहरुलाई वडा भित्रका विपन्न विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

वडा कार्यालयले बुधबार एक कार्यक्रमकाबीच पढ्नमा विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पोशाक, कापी लगायत शैक्षिक सामग्री प्रदान गरेको हो ।

वडाका ४ जना विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको वडा सचिव सुजित कर्णले जानकारी दिए  ।

कार्यक्रममा वडाअध्यक्ष घनश्याम तिमल्सिना, वडा सदस्य मिना सुनार, आशा श्रेष्ठ र वडा सचिव सुजित कर्ण लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित