बारा । जिल्लाको निजगढ नगरपालिका-१३ डम्बरपुरका फ्याफुल्ला युवा क्लबको सक्रियतामा स्थानीयहरू चौतारो संरक्षण र पुनः निर्माणमा जुटेका छन् ।
ग्रामीण भेगमा परम्परागत चौताराहरू नासिने क्रममा छन् । भएका बरपीपलका चौतारा मर्मतसम्भार अभावमा लथालिंग थियो । चौतारा मर्मत गर्ने क्लबको योजनालाई वडाका स्थानीय, बुद्धिजीवि, व्यवसायी सबैले प्रशंसा गर्दै सकेको सहयोग गरे ।
पुरानो चौतारा मर्मत–सम्भारमा स्थानीयले श्रमदान गरेका छन्, यसरी नै सहयोग जुटाएर चौतारा पुनः निर्माणको काम सुरु हुँदै छ ।
बालबच्चादेखि बुढापाकासम्मले बस्न मिल्ने चौतारा पुनः निर्माण भईरहेको छ । हिजो हाम्रो पुर्खाले बरपीपल रोपिदिएकाले आज अहिलेका पुस्ता बस्न पाइएको छौ । आज हामीले मर्मत, संरक्षरण गरे, भावी सन्तानहरुले पनि यसलाई प्रयोग गर्नसक्छन् भन्ने हेतुले चौतारा निर्माणमा क्लब लागि परेको हो ।
लोप हुने क्रममा गाउँका चौतारा
सडक सञ्जाल विस्तार हुँदा तथा ग्रामीण भेगबाट बसाइँसराइ गर्ने क्रम तीव्र भएसँगै चौतारो मासिने क्रममा छ । यसको संरक्षणका लागि पनि चौतारा मर्मतको आवश्यकता खड्किएको छ ।
चौतारामा यात्रुहरुलाई थकान मेट्ने विश्रामस्थलको रुपमा लिइन्छ । वर पिपलका चौताराहरुले धर्मिक रुपमा पनि विशेष महत्व राख्ने गर्दछ ।
हिन्दू धर्म परम्पराअनुसार बरपीपल र समिसहितको चौतारा, पाटी—पौवा, धारा, कुवा र पोखरीलाई निकै महत्वका साथ हेर्ने गरिन्छ । बरपीपल र समि धार्मिक कार्यमा प्रयोग गरिन्छ भने पिपललाई अक्सिजनको मुख्य स्रोतसमेत मानिन्छ ।






















Discussion about this post