बारा । नेपाल विद्यार्थी संघ निजगढले रक्त क्यान्सर पीडित बालकको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
नेविसंघ निजगढ गौरीशंकर क्याम्पस इकाई कमिटीले नेविसंघ निजगढ नगरका अध्यक्ष ईश्वर सापकोटाको नेतृत्वमा आफुले खाजाको खाने रकम कटौती गरी संकलन गरिएको ५ हजार ५ सय ५५ रुपैयाँ रक्त क्यान्सरबाट पीडित सर्लाही बागमती गाउँपालिका कर्मैया विद्यालयका छात्र १४ वर्षिय विनय विक बचाउ आभियानकर्ता निकितालाई हस्तान्तरण गरिएको छ ।
ललितपुरको पाटन हस्पिटलमा उपचाररत विकलाई सोमबार नेविसंघ निजगढ सभापति इश्वर सापकोटा । त्यस्तै निजगढ गौरीशंकर क्याम्पस ईकाई कमिटिका अध्यक्ष दावा लामा र गौरीशंकर क्याम्पस स्ववियु सचीव प्रवना लामालगायतको सक्रियतामा निजगढमा रहेका साथीहरुसँग संकलन गरेर ब्लड क्यान्सर पीडित विकको उपचारका लागि हस्तान्तरण गरिका थिए ।























Discussion about this post