नेकपा (एमाले) निजगढको अध्यक्षमा घलान विजयी

400
SHARES
526
VIEWS

बारा । नेकपा (एमाले) निजगढ नगर कमिटीको नयाँ नेतृत्वमा तिलक घलान पाएको छ ।

अध्यक्ष पदमा घलान, उपाध्यक्षमा सम्झना थापा, सचिवमा थानेश्वर सापकोटा, उपसचिवमा पुरुषोत्तम भट्टराई निर्वाचित भएका छन् । त्यसैगरि उपसचिव (महिला) जानुका न्यौपाने निर्विरोध भएका छन् । ५० जना सदस्य वडाबाटै सहमति जुटेर निर्विरोध निर्वाचित भईसकेका छन् ।

दुई सय ९८ मतदाता रहेको निजगढमा दुई सय ८९ मत खसेको थियो ।

घलानको प्रतिद्वन्द्वी जयराम कुमारको ९५ आएको छ भने तिलक घलानको १७९ मत पाएर जित निकालेको हो ।
त्यस्तै उपाध्यक्षमा
जितबहादुर तामाङ्गको १०० मत प्राप्त भए भने सम्झना थापा लामिछाने–१६७ मात प्राप्त गरेको छ ।
त्यस्तै सचीव पदमा थानेश्वर सापकोटा अविरलको १८४ आएको छ उनको प्रतिद्वन्द्वी प्रेम कार्कीले जम्म ८५ मत पाएका थिए ।
त्यस्तै उपसचिवमा पुरुषोत्तम भट्टराई–११५ र विजय तिमल्सिना–५९, हरि बर्तौला–६१, सुरेश शर्माले ५ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित