महेन्द्र सहनी/बारा । कलैया उपमहानगरपालिका-१ मा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । महानगरपालिकाको आर्थिक सहयोग तथा ग्रामिण गरीबी निवारण केन्द्रले सो शिविर संचालन गरेको हो । कलैय १ बारामा रहेको संस्थाले आयोजनामा सोमबार देवकीलाल धर्मशालामा संचालन गरेको शिविरमा ५ सय ५६ जनाले लाभान्वित भएका थिए ।
कलैया उपमहानगरपालिकाका मेयर विनोद साहको प्रमुख आतिथ्यतामा भएको सो शिविरको अध्यक्षता भने आयोजक संस्थाकी अध्यक्ष नेहा गिरीले अध्यक्षताको आशन ग्रहण गरेकी थिइन । त्यस्तै विशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत नाथु साहले आशन ग्रहण गरेका हुन ।
सेवा प्रदायक संस्था नेपाल दृष्टिविहीन कल्याण संघ कलैया बाराको प्राविधिक सहयोगमा भएको शिविरमा १ सय ८० जनामा मोतियाबिन्दु फेला परेको डा. मनोरंजन यादवले जनाए । शिविरमा सहयोगी प्राविधिकहरू शनि अली, साजिद अली, अशोक पटेललगायतकाले सहजीकरण गरेका थिए। शिविरमा चेकजाँचको क्रममा मोतियाबिन्दु भेटिएका रोगीहरूको शल्यक्रिया यहि आउदो बैशाख २७ गते शनिबार बिरगंज आँखा तथा दांत अस्पताल प्रा.लि.मा हुने आयोजक संस्थाकी कार्यकारी निर्देशक आरती कुमारीले जानकारी दिइन ।






















Discussion about this post