बारा । नेकपा एमालेले निजगढ नगर कमिटीको नयाँ नेतृत्व चयनको लागि भोलि सोमबार २२ गते मतदान हुनेभएको छ ।
नगर कमिटीका खुल्ला र आरक्षण कोटामा सदस्यहरु सर्वसम्मत चयन भएनि ५ जना पदाधिकारीहरु भने मतदान प्रक्रियाबाट चयन हुने अवस्था देखिएको हो ।
निर्वाचन कमिटीका अधिकृत रुद्र धितालले दिएको जानकारी अनुसार भूगोल र आरक्षबाट छानिने ५० जना सदस्यहरु सर्वसम्मत भएपनि अध्यक्षसहित ५ जना पदाधिकारीहरुको भने टुङ्गो लागेको छैन ।
सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भन्दै आज आइतबार दिनभरि भएको प्रयास विफल बनेपछि निर्वाचन समितिले भोलि सोमबार २२ गते बिहान ७ बजेबाट मतदान शुरु गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । फेरि पनि सहमतिको लागि निर्वाचन समितिले पदाधिकारीहरुको मनोनयन पत्र दर्ता गर्ने समय आज आइतबार बिहान ११ बजेदेखि दिउसो १ बजेसम्मको लागि थप गरेको छ ।
थपिएको समयसिमामा पनि सहमति हुन नसके भोलि सोमबार २२ गते बिहान ७ बजेदेखि मध्यान्न १२ सम्म मतदान गर्ने कार्यक्रम राखिएको निर्वाचन समितिका अधिकृत धितालले मधेस प्रवाहलाई जानकारी दिए ।
अधिबेशनले आगामी ३ वर्षे कार्यकालको लागि एकजना अध्यक्ष, उपाध्यक्ष, सचिव र एक महिला अनिवार्यसहित २ जना उपसचिव र ५५ सदस्यीय पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।





















Discussion about this post