एमाले निजगढ अधिवेशनमा उपसचिव (महिला) पदमा घिमिरेकाे उम्मेदवारी खारेज ! न्याैपाने निर्विरोध

412
SHARES
542
VIEWS

बारा । नेकपा (एमाले) निजगढ नगर कमिटीको अधिवेशनमा उपसचिव (महिला) पदमा जगतकुमारी न्यौपाने जानुका निर्विरोध भएकी छिन् ।

महिला उपसचिवमा उम्मेदवारी दिएका दुई जना मध्ये भगवती घिमिरेकाे उम्मेदवारी खारेज भएसँगै जानुका निर्विरोध भएकी हुन् ।

नगर कमिटीकाे पदाधिकारीको निर्वाचनमा उम्मेदवार हुन माथिल्लो कमिटी, नगर कमिटी सदस्य वा साे सरह पदमा कार्यरत हुनुपर्नेमा मापदण्ड नपुगेपछि घिमिरेकाे उम्मेदवारी खारेज भएकाे प्रमुख निर्वाचन अधिकृत गाेकुल घाेरसाईनेले जानकारी दिए ।

उम्मेदवारी खारेजप्रति उम्मेदवार घिमिरेले असन्तुष्टि जनाएकी छिन् ।

सामान्यतया सम्बन्धित कमिटीको सदस्य वा एक तह तल्लो कमिटीको पदाधिकारी भई काम गरेको हुनु पर्छ भन्ने मान्यता विपरित आफ्नो उम्मेदवारी खारेज गरिएको उनीहरुकाे आराेप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित