नमस्ते र निजगढ एफसी पहिलोपटक दोस्रो ल्होछर कप उदघाटन खेलमा भिड्दै

432
SHARES
569
VIEWS

उमेश घलान/बारा । ग्रामिण विकास एफ.सी. कोलगाऊँ र नमस्ते फुटबल क्लब पहिलोपटक निजगढ लाल बुद्धचोक खेलमैदानमा उदघाटन खेल खेल्न उत्रिदैं छ । ग्रामिण विकास एफ.सी. निजगढ र नमस्ते फुटबल क्लब सर्लाही यी दुईको उदघाटन प्रतिष्पर्धा दोश्रो ल्होछर कपको पहिलो हो । यस अघि यी दुई बीच कुनै पनि खेलमा प्रतिस्पर्धा भएको छैन । निजगढ नगरपालिका वडा नम्बर १० लाल स्थित आयोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु. १ लाख १० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेताले रु. ५५ हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । व्यक्तिगत विद्यातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु. ५ हजार नगद र अकर्षक ट्रफी पाउनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, फरवार्डलाई जनही ३ हजारसहित अकर्षक ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार खेलाडीहरुको कुनै दुर्घटना बीमा गरिएको छैन भने मैदानमा प्राथमिक उपचारको व्यवस्था मिलाएको छ । फुटबल खेलको माध्यमबाट ल्होछरलाई देश तथा विदेशमा चिनाउने र आन्तरिक पर्यटक भित्र्याउने उद्देश्य रहेको छ भने युवापुस्तालाई खेलप्रति आकर्षित गर्ने मुख्य उद्धेश्य राखिएको आयोजकको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित