एमाले निजगढ नगरको तेस्रो  अधिवेशन सुरु, बन्द सत्र भोलि

404
SHARES
532
VIEWS

बारा । नेकपा (एमाले) निजगढ नगरको तेस्रो नगर अधिवेशन आजबाट सुरु भएको छ ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ८ स्थित शुभकार्य पार्टी प्यालेसमा सुरु भएको नगर अधिवेशनको एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल र एमाले पोलिटव्युरो सदस्य एवम् बारा इन्चार्ज ज्वालाकुमारी साहले उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलले नयाँ नेतृत्वको लागि सहमतिबाट गर्नु पर्ने बताएको छ । अध्यक्ष पदकोलागी आकाङ्क्षीहरु भएकोमा सहमतिको प्रयास गर्नु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा पुर्व मन्त्री ज्वालाकुमारी साह, अच्युतप्रसाद मैनाली, त्रिलोकी चौधरी, नेकपा (एमाले) मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, नेकपा (एमाले) बारा अध्यक्ष अध्यानन्द पाण्डेले पार्टीलाई गतिशिल बनाउने गरि नेतृत्व चयन गर्न आग्रह गरेका थिए ।

त्यस्तै नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिना, नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष संतोष दंगाललगायतले अधिवेशन सफलताको शुभकामना दिएका छन् ।

नगर अध्यक्ष तथा निजगढ नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको अधिवेशनमा नगर उपाध्यक्ष भोलाप्रसाद गौतमले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन नगर सचीव तिलक घलानले गरेका थिए ।

यो अधिवेशनले आगामी ३ वर्षाकोलागी नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा १३ वटै वडा र विभिन्न क्लस्टरबाट करिब २ सय ९६ जना बराबरको प्रतिनिधिहरु सहभागी भएका छन् । नगर अधिवेशनकोलागि प्रत्येक वडाबाट ४ जना संगठित पार्टी सदस्य बराबर (एक)  १ जनाको दरले महिला ३३, युवा २० प्रतिशत र एकजना दलितलाई समेत समावेश गरेर प्रतिनिधि छनौट गरेर अधिवेशनका लागि प्रतिनिधि आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित