बकैया नागमणी सामुदायिक वन समुहको कार्यसमिति चयनको लागि तोकिएको निर्वाचन स्थगित

423
SHARES
557
VIEWS

बारा । निजगढ ८ स्थित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनको लागि आगामी बैशाख २७ गतेको लागि तोकिएको निर्वाचन स्थगित भएको छ । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारहरुको नामावली सार्वजनिक गर्न नसकेपछि निर्वाचन समितिको आज सोमबार बसेको बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । उपभोक्ता र सरोकारवालाहरुबीच आवश्यक छलफल गरेरमात्रै प्रक्रिया अघि बढाउने गरी हालको लागि निर्वाचनसम्बन्धि सबै प्रक्रिया रोकिएको बैठकमा सहभागी एक सरोकारवालाले जानकारी दिए । सहमतिको लागि निर्वाचन समितिले हिजो आइतबार र आज सोमबार पनि गरेको प्रयास विफल बनेपछि निर्वाचन नै रोक्ने निर्णय गरेको हो । वन समूहको नयाँ कार्यसमितिको लागि गत शनिवार उम्मेदवारहरुले आफ्नो मनोनयन पत्र दर्ता गरिसकेपछि नेकपा एमाले, माओवादी र जनमत पार्टीको संयुक्त प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएकी पवित्रा चौलागाई र लेखा समितिका संयोजक प्रकाश श्रेष्ठको मनोनयन पत्रलाई लिएर अर्को प्यानल समर्थक उपभोक्ताहरुले विरोध गरेपछि निर्वाचन समितिले उम्मेदवारहरुको नामावली सार्वजनिक गर्नसकेको थिएन । निर्वाचन समितिमा सम्पर्क गर्न ढिला आएको भन्दै चौलागाई र श्रेष्ठको उम्मेदवारीमा कांग्रेस समर्थक उपभोक्ता र उम्मेदवारले विरोध गर्दै समितिलाई नामावली प्रकाशन गर्न अवरोध गरेका थिए । वन समूहको नयाँ कार्यसमिति चयनको लागि नेकपा एमाले, माओवादी र जनमत पार्टीले एमालेका रामप्रसाद ओझाको नेतृत्वमा संयुक्त प्यानल बनाएर मनोनय पत्र दर्ता गरेका छन भने नेपाली कांग्रेसले कमल बजगाई नेतृत्वको प्यानल अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित