नेकपा एमाले निजगढले अधिवेशनमा भाग लिने प्रतिनिधिको छनौट

397
SHARES
523
VIEWS

बारा । पार्टीको तेस्रो निजगढ नगर अधिवेशनमा भाग लिने करिव ३ सय प्रतिनिधिहरुको नेकपा एमाले निजगढले आज शुक्रबार छनौट गरेको छ । नगर अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको वडा पार्टी कमिटीहरुको भेलामार्फत एकैदिन छनौट गरिएको हो । नगरपालिकाका १३ वटै वडाबाट संगठित पार्टी सदस्य संख्याको आधारमा सबै वडाबाट करिव ३ सय जना बराबरको प्रतिनिधिहरुको सर्वसम्मत रुपमा छनौट गरिएको पार्टी नगर कमिटी सचिव तिलक घलानले जानकारी दिए । उनका अनुसार प्रत्येक वडामा ४ जना संगठित पार्टी सदस्य बराबर (एक)  १ जनाको दरले महिला ३३, युवा २० प्रतिशत र एकजना दलितलाई समेत समावेश गरेर प्रतिनिधि छनौट भएका हुन । त्यसैगरी पार्टीको जनवर्गीय संगठनहरुबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको भोलि शनिबार छनौट हुनेछ । आगामी १७ र १८ गते हुने नगर अधिवेशनमा नगर अध्यक्ष पदमा सचिव तिलक घलान, जयराम कुवर, थानेश्वर सापकोटा र माधव न्यौपानेलगायतले आकांक्षा देखाएकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित