पानी परेसंगै निभेको डढेलो पुन: फैलिदै

385
SHARES
506
VIEWS

बारा । चैत अन्तिम हप्तामा भएको वर्षाले देशभरको डढेलो निभाएकोमा फेरि अहिले पानी पर्न रोकिएसँगै डढेलो फैलन थालेको छ । वन तथा भू संरक्षण विभागको तथ्याङ्कानुसार हिजो बिहिबार देशका ६८ ठाउँमा डढेलो लागेको छ । अहिले पनि देशका ३५ भन्दा धेरै ठाउँमा सक्रिय डढेलो रहेको छ । डढेलो फैलिरहेको बेला चैत अन्तिम हप्ताको वर्षाले झन्डै नौ सय ठाउँको डढेलो पूर्णरूपमा निभाएको थियो । जल तथा मौसम विज्ञान विभागले तापक्रम अझै बढ्ने चेतावनी दिइरहेकोले डढेलो अझै बढ्न सक्ने डढेलो विज्ञ सुन्दर शर्माले जनाए । नेपालमा सबैजसो डढेलो मानवीय क्रियाकलापले लाग्ने गरेको पाइन्छ । शर्माका अनुसार झन्डै ९८ प्रतिशत डढेलो मानवीय क्रियाकलापका कारण हुने गरेकोमा ६६ प्रतिशतभन्दा धेरै डढेलो मानिसले जानीजानी लगाएको आगो फैलिएर हुन्छ । डढेलो निभाउन सामथ्र्य र स्रोत साधनको अभावका कारण की ? जङ्गल डढिसक्नुपर्ने वा अकाशबाट पानी पर्नुपर्ने बाध्यता रहेको छ । यसैबीच सुक्खा र डढेलो बढेसँगै वायु प्रदूषण पनि बढेको छ । आज काठमाण्डौ उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय २९ नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित