सरूवा भई आएका शिक्षक चौधरीको हाजिर

579
SHARES
762
VIEWS

महेन्द्र सहनी/कलैया । सरुवा भै आएका शिक्षक गोपाल चौधरीलाई हजिर गरेको छ । शिक्षक चौधरीलाई बारा करैयामाई गाउँपालिका वड नम्बर ५ वडा अध्यक्षले हाजिर गरेको हो ।  गाउँपालिकाले शिक्षक दरबन्दी मिलाउन कार्यविधि २०८१ बमोजिम दरबन्दी मिलानको क्रममा तथा शिक्षा समितिको गत महिना चैत २२ गतेको निर्णय अनुसार सरूवा गरिएको नि.मा.वि. तृतीय शिक्षक चौधरीलाई आइतबार वडा नम्बर ५ मा रहेकोे श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय तेतरियामा वडा अध्यक्ष उमेअह चौधरीले आफ्नो रोहवरमा हाजिरी गराएका हुन् ।
पालिकाले २०८१ चैत २७ गते सरूवा गरिएको उक्त शिक्षकले त्यहाँका प्रधानाध्यापक महेन्द्र रामलाई पटक/पटक हाजिरी गराउन अनुरोध गर्दा पनि विभिन्न बहाना बनाई हाजिरी गराउन नमानेपछि सोही वडाका वडा अध्य्क्ष उमेशप्रसाद चौधरीले  बाध्य भई आफ्नो रोहवरमा र सोही विद्यालयका अभिभावक, बुद्धिजिवी तथा समाजसेवीको उपस्थितिमा शिक्षक चौधरीलाई हाजिरी गराउनुपरेको बताए । यसैगरी गाउँपालिकाले अन्य २१ जना शिक्षकलाई समेत गाउँपालिकाभित्रै रहेका विभिन्न विद्यालयमा सरूवा गरिएको शिक्षा अधिकृत विद्यानन्द प्रसाद यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित